सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई ल्याइयो काठमाडौं


२०८१ कार्तिक २९ बिहीबार २३:३९ बजे

काठमाडौं । सहकारीको  रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई रूपन्देहीबाट काठमाडौं ल्याइएको हो ।

सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । रम्तेल तत्कालिन सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष हुन् । प्रहरी स्रोतका अनुसार रम्तेलको बयान आजबाट लिइने छ । जीबी राईसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् । 

सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ । यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइएको बयान रम्तेलले यसअघि नै सहकारी ठगी विशेष छानबिन समितिमा दिएका थिए ।

भैरहवामा रास्वपा सभापति लामिछानको बयान आज पनि
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन पनि बयान जारी छ । लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा हिजोदेखि लिखित बयान लिन शुरू भएको हो ।

हिजो १० घण्टा बयान लिइएको थियो । लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने तयारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । अस्ती कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७