रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै


२०८१ मङ्सिर ९ आइतबार २०:५४ बजे

बाजुरा । बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । अरु दुई जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो हिमाली गाउँपालिका–३ बिच्छ्यास्थित युनामा रुखले च्यापिएर ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो । 

रुखले च्यापिएर ४८ वर्षीया सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत अस्पताल लैजाने तयारी भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । 

उनका अनुसार स्थानीय नापीखोला साना जलविद्युत आयोजनामार्फत गाउँगाउँमा विद्युत् पुर्‍याउने कार्य कादुरी संस्थाले गरिरहेको छ । ‘विद्युतीकरणका क्रममा सल्लाका रुख कटानको कार्य भइरहेको थियो,’ अध्यक्ष मल्लले भने, ‘सोही क्रममा रुख ढल्दा च्यापिएर घटना घटेको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजान हेलिप्याड भएको स्थानसम्म पुर्‍याइएको छ ।’ बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७