प्रधानमन्त्रीलाई राष्ट्रिय फोटो पत्रकार समूह नेपालको ध्यानाकर्षण-पत्र 


२०८१ मङ्सिर १२ बुधबार १८:४३ बजे

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले समूहका नव निर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले वालुवाटार पुगेर प्रधामन्त्रीलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहालयका लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट व्यवस्थापन, समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ । नव निर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले  पत्रकारितामा फोटोको महत्व धेरै रहेकाले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने बताएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७