पोखरीमा महिलाको शव, प्रहरीले थाल्यो अनुसन्धान


२०८१ मङ्सिर १२ बुधबार १८:४३ बजे

मोरङ । मोरङको धनपालथान गाउँपालिका–३ नुनिया टोलको पोखरीमा बुधबार एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव बिहान १०ः ४५ बजेतिर सार्वजनिक पोखरीमा भेटिएको हो । 

भारतको मोजफरपुर घर भए पनि उनी केही समयदेखि परिवारसहित धनपालथान–६ स्थित माइतीमा बस्दै आएकी थिइन् । डुबिरहेको अवस्थामा देखेर स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । अनुसन्धानपछि घटनाका बारेमा विस्तृत जानकारी हुने जानकारी प्रहरीले दिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७