बीआरआईलाई गिजोल्ने काम गर्नु हुँदैन : प्रदीप ज्ञवाली


२०८१ मङ्सिर १२ बुधबार २१:२३ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल कांग्रेस–एमालेभित्र नै फरक धारणा आइरहेका बेला उनले त्यसलाई गिजोल्ने गरी विवादमा तान्न नहुने बताए । 

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताएका हुन् । उनले नेपालले कुनै पनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पारे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७