इजालासमा रबिले भने–बाहिरै बसेर मुद्दा लड्न पाउँ, सहकारीपीडितको पक्षमा काम गर्छु


०२:०५ बजे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले थुनामुक्त गरिदिएमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय दिएपछि अदालतको इजालासमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, बिगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायधिस समक्ष लामिछानेले प्रतिबद्धता जनाएका हुन् । आज लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको छ ।

उनीहरूको थुनछेकदेखि जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै सात आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो । बिहिवार सबै आरोपीलाइ कुरा राख्न समय दिइएको थियो । 

रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् ।  आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७