वाइफाइको विषयमा  नाति–नातिनाले कुटपिट गर्दा हजुरबुबाको मृत्यु 


०२:२० बजे

पर्सा । वाइफाइको विषयलाई लिएर कुटपिट हुँदा एक ८० वर्षीय वृद्धको मृत्यु भएको छ । घटनामा पोखरिया नपा–८ जगातपुर निवासी ८० वर्षीय वृद्ध रमजान देवानको मृत्यु भएको हो । हजुरबुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा २० वर्षीय नाति काबुल भन्ने आजाद देवान र १८ वर्षीया नातिनी खुश्बु खातुन पक्राउ परेका छन् ।

आरोपित दाजुबहिनी इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा छन् । प्रहरीले ज्यानसम्बन्धी कसुर अपराधमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । दुवै रोज देवानका छोराछोरी हुन् । मृतक हजुरबुवा रमजानको शव नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गरिएको छ । तर शव परीक्षणको नतिजा आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्माका अनुसार सोमबार साँझ करिब ४ बजेको यो घटना भएको हो । झगडा पछि रमजान गम्भीर भएका थिए । उनलाई उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७