अर्थतन्त्र निर्माणमा बीमा क्षेत्रको महत्वपूर्ण योगदान : अर्थमन्त्री पौडेल


०२:१४ बजे

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनीकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाई समेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जना जस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रको महत्वपूर्ण योगदान रहन्छ ।’ उनले बीमा क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए । उनले सरकारले लिएको नीतिगत बीमाको दायरा क्रमशः विस्तारै हुँदै गइरहेको बता ए।

यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत बताए । उनले भने, ‘वास्तवमा बीमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । करिब प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरुले रोजगारी पाएका छन् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७