पुल भाँचिएको दुम्कीबासमा तत्काल यातायात सञ्चालन गराउन मन्त्रीको निर्देशन
काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दुम्कीबासमा तुरुन्त यातायात सञ्चालन गराउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक विभागलाई निर्देशन दिएका छन् । पुल भाँचिएका कारण अवरुद्ध हुन पुगेको यातायातलाई डाईभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा ल्याउन उनले सडक विभागलाई भनेका हुन् ।
बढी भार भएका मालबहाक सवारी साधनको जाँचमा कडाई गर्न उनले जोड दिए । उक्त स्थानमा अस्थायी व्यवस्था गरेर भए पनि सडक खुलाउन मन्त्री दाहालले निर्देशन दिएका हुन् । पूर्वी नवलपरासीको दुम्कीबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएपछि मन्त्री दाहालले प्रहरी तथा अन्य निकायहरुसँग समेत समन्वय गरी सवारी साधन रोकिने अवस्था आउन नदिन विभागलाई निर्देशन दिएका हुन् ।