अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन् । अन्तिम मत गणनाअनुसार सापकोटा ७१ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।
सापकोटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरहरुको प्यानलका उम्मेदवार हुन् । तर औपचारिक घोषणा हुन बाँकी छ। क्रान्तिकारीको महासचिवमा पार्टीका उपमहासचिवमा जनार्दन शर्मा समूहका रोशन थापा १९१ मतान्तरले विजयी बनिसकेका छन् । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।