एमालेलाई कमजोर बनाउन सम्भव छैन :  ईश्वर पोखरेल


२०८१ माघ १६ बुधबार १९:५२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन विभिन्न तत्व सक्रिय भएर लागेको बताएका छन् । 

आज (बुधबार) पार्टी कार्यालय च्यासलमा आयोजित शहीदहरूको सम्झनामा स्रष्टाहरूको आवाज तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू एमालेलाई कमजोर बनाउन लागेको बताए । ‘एमालेलाई कमजोर बनाइयो भने, एमालेलाई समाप्त बनाइयो भने मात्र आफ्ना अभिष्ट पूरा हुन सक्छन् भन्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू यसमा केन्द्रित भएर लागेका छन्’, उनले भने । 

एमालेलाई कमजोर बनाउनको लागि सम्भव हुने सबै पक्षलाई परिचालित गरिएको  भए पनि त्यो सम्भव नहुने उनले बताए । ‘एमालेलाई कमजोर बनाउन खोज्नेहरूले पार पाउने छैनन्, यो सम्भव हुने छैन’, उनले भने । गौरवशाली इतिहास र भविष्यको मार्गचित्र नै नभएका पार्टीहरूको अहिले चुरीफुरी भएको भन्दै पोखरेलले त्यो नटिक्ने बताए । यस्ता पार्टीहरूको जुन नाटक मञ्चन भइरहेको छ त्यसको कुनै अर्थ नभएको उनले स्पष्ट पारे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७