पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र र सचिवमा क्रान्तिकारी विजयी


२०८१ चैत ५ मंगलबार ०४:४३ बजे

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । स्वयंले २०७९ सालमा स्वतन्त्र बाटै सदस्य जितेका थिए। कुल ३ हजार मतदातामध्ये एक हजार १०२ मतसहित श्रेष्ठ बिजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका माओवादी निकट अखिल क्रान्तकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन् । सचिवमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार दिवस सापकोटा विजयी बनेका छन् । सापकोटा १,०६४ मत ल्याएर निर्वाचित भएका छन् ।

सत्तारुढ नेविसंघ र अनेरास्ववियुको उम्मेदवार पराजित गर्दै श्रेष्ठ र सापकोटा विजयी भएका हुन् । २०७९ को स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार विराज अर्याल विजयी भएका थिए । यस पटक पनि उनी नै उम्मेदवार भए पनि पराजित भएका छन् । त्यस्तै कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल १,०४० मत ल्याएर विजयी भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७