पोखरा नर्सिङ क्याम्पसमा एमाले निकट अखिलको प्यानलै विजयी, प्रतिभा सभापति

पोखरा । पोखरास्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ । आज (मंगलबार) साँझ सकिएको मत परिणाम अनुसार अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी छन् ।
त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन्। मतगणनाको अन्तिम रुजु बाँकी रहेको तर अनेरास्ववियुका उम्मेदवारहरु बिजय भएको क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीले जानकारी दिएका छन् । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।