सात सीडीओसहित गृहका १३ जनाको सरुवा (सूचीसहित)


२०८१ चैत ६ बुधबार १३:०४ बजे

काठमाडौं । सात  सीडीओसहित गृह मन्त्रालयले १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन् ।

कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ । सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७