गोकुल बास्कोटाको गुनासो : सरकारले मेरो कुनै सुनेन


२०८१ चैत ७ बिहीबार २२:१३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले आफ्नो कुरा नसुनेको गुनासो गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

एसइई परीक्षा सुरुआत भएको उल्लेख गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीको भने स्कुलमा पुग्दा आँखाभरी धुलो हुने अवस्था रहेको बताए । ‘कोरीबाटी गरेर विद्यार्थीहरूलाई स्कुल पठाउने कुरा हुन्छ । तर, साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ । र एसइई परीक्षा दिन जाने विद्यार्थीहरू स्कुल पुग्दा आँखा नदेख्ने स्थिति हुन्छ । उनीहरूले जाँच कसरी दिन्छन् ?’ सरकारलाई बास्कोटाले प्रश्न गरे ।

साँगादेखि धुलिखेलसम्मको सडकको विषयमा आफूले पटक–पटक कुरा उठाउँदै आएको उनले बताए । ‘मेरो भनाइ यत्ति छ– सरकारले दुई पटक त्यो निर्माणधीन बाटोमा पानी हाल्ने काम गरोस् ।’ त्यस क्षेत्रमा गाडी दुर्घटना पनि एकदमै बढेको उनले बताए । ‘गाडी दुर्घटना पनि एकदमै बढिरहेको छ । मैले धेरै पटक भनें । सरकारले सुन्या चाहीँ छैन । गाडी ठोक्या ठोक्यै, अघिल्लो गाडीले पछिल्लो देख्दैन । ट्वाक, ट्वाक, ड्याम, ड्याम ठोक्किन्छ । बाइक लड्या लड्यै हुन्छ । सडक विभाग हेर्‍या हेरै हुन्छ’, बास्कोटाले भने । 

गत असोजमा गएको बाढीका कारण भएको समस्याको समाधान हुन नसकेको भनेर उनले सरकारले द्रुत गतिमा काम नगरेको बास्कोटाले बताए । एमाले सांसद बास्कोटाले काभ्रेको बेथानचोक गाउँपालिकामा लागेको आगलागीको विषयमा समेत सरकारको ध्यानाकर्षण गरे । बेथानचोक गाउँपालिकाको वडानम्बर ५ र वडा नम्बर ३ मा ३ दिनदेखि आगलागी भइरहेको बास्टोले बताए । तर, नियन्त्रणमा सरकारको ध्यान पुग्न बाँकी रहेको भन्दै ध्यानाकर्षण गरे । ‘आगो बस्तीको छेउछाउ आइसकेको छ । र त्यो फैलिएर ६ नम्बर, २ नम्बर, १ नम्बरमा जाँदैछ’, उनले भने

यो क्षेत्र महाभारत रेञ्जकै सबैभन्दा अग्लो नारायणथानको मुनि रहेको उनले बताए । नारायणथान ३ हजार १८ मिटर अग्लो छ । ‘सरकारलाई थाहा छ, सबैलाई थाहा छ । यो साल पान परेन । हिउँ नै कालापथ्थर जस्तो भइसक्यो । त्यो आगलागी नियन्त्रण गर्नुपर्छ नत्र बस्ती जोखिममा हुन्छ भन्ने कुरामा मैले सरकारको ध्यानाकर्षण गर्न चाहें’, बास्कोटाले भने । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति यसमा केन्द्रित हुन आवश्यक रहेको र यसले आफ्ना संयन्त्र परिचलान गर्नुपर्ने उनको आग्रह छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७