त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित


२०८१ चैत ७ बिहीबार ०६:४९ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । स्ववियु निर्वाचन समितिले बिहीबार एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको कार्यक्रम स्थगित भएको जनाएको हो ।

त्रिवि क्याम्पसमा शुक्रबार (चैत ८) मा निर्वाचन तोकिएको थियो । तर, स्ववियु निर्वाचनको बारेमा उच्च अदालत पाटनमा मुद्दा परेपछि स्थगित गरिएको हो । उक्त मुद्दामाथि अन्तरिम आदेश दिने वा नदिने विषयमा बिहीबार (आज) का लागी पेसी तोकिएको थियो ।

उक्त पेसीबारे त्रिविलाई जानकारी दिनु भनी आदेश समेत दिएको थियो । आज अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले अन्तरिम आदेशका लागि १० गते तोकिएको छ । अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७