वीरगञ्ज महानगरको कस्तो छ राजस्व संकलनको अवस्था ?


२०८१ चैत १३ बुधबार १३:०२ बजे

पर्सा । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड  ५६लाख ८७ हजार सात सय ७८ राजस्व संकलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व संकलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख संकलन गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७