समाजवादी मोर्चाले राजावादीको हिंसात्मक प्रदर्शनको देशभर भण्डाफोर गर्ने


०५:०८ बजे

काठमाडौं । समाजवादी मोर्चाले यही चैत्र १५ गते तीनकुनेमा राजावादीको  हिंसात्मक प्रदर्शनको देशभर सशक्त भण्डाफोर गर्ने निर्णय गरेको छ । आज (सोमबार) बिहान नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापाी रुपमा भण्डाफोर र विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीनकुने घटना योजनावद्ध तरिकाले घटाएको भन्दै यसको देशव्यापीरुपमा भण्डाफोर गर्ने निर्णय भएको  जानकारी दिए । ‘राजावादीहरूले गरेको प्रदर्शन असाध्यै गैरजिम्मेवारी, हिंसक, आतंककारी चरित्रको छ । घटना जसरी घटेको छ, योजनावद्ध तरिकाले भएको छ’ उनले भने, ‘उक्त घटनाको समाजवादी मोर्चा सशक्त भण्डाफोर गर्नुपर्छ भन्ने निष्कर्शमा पुगेको छ ।’

यसैगरी बैठकले उक्त घटनामा संलग्नहरूलाई कारवाहीका लागि सरकारसँग डेलिगेसन गर्ने निर्णय गरेको जानकारी दिए । संविधानको रक्षाका लागि नेपालका सबै गणतन्त्र पक्षधरहरूसँग परामर्श र छलफल गर्ने अर्को  निर्णय भएको उनको भनाइ छ । घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिका लागि सरकारसँग कुरा गर्ने र सो क्षतिपूर्ति राजावादीहरूबाटै उपलब्ध गराउन सरकारलाई सुझाव दिने उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७