बेपत्ता भएको चार दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव


०५:१० बजे

काठमाडौं । बेपत्ता भएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ । काठमाडौँको माकलबारीमा युवकको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले ६ जनालााई पक्राउ गरेको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका– ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका– ५ बाहुनधारा बस्ने १९ वर्षका राहुल साहको हत्या भएको हो । चैत ११ गतेदेखि हराइरहेका साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडि जमिनमा गाडिएको अवस्थामा शव भेटिएको थियो । 

उनी हराएको सूचना प्रहरी वृत्त बौद्धमा पुगेपछि प्रहरीले खोजतलास थालेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई हत्या गरेको खुलेको र हत्यामा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । 

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल जिल्ला गोकर्णेश्वर ५ बाहुनधारा बस्ने २२ वर्षका निपु मण्डल, १८ वर्षका विजय यादव, १८ वर्षका करन कुमार महतो, २३ वर्षका जोधन मण्डल, ४५ वर्षका  उत्तम मण्डल र भारतको बिहार घर भई हाल दक्षिणढोका वस्ने २९ वर्षका सुनिल शर्मा छन् । उनीहरुलाई अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७