राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता


१७:२६ बजे

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। 

मंगलबार एनएफपीजे केन्द्रीय कार्यसमितिको टोलीले शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाइनमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै “तपाईंहरूको खिचेका तस्बिरहरूले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसकारण, राज्यले तपाईंहरूको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्नेछ।”

सो क्रममा एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बिमालगायत सुविधा उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गरे । 

राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको महासचिव घनश्याम श्रेष्ठले बताए । 

एनएफपीजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५ को प्रमुख अतिथिका रूपमा सहभागी भइदिन राष्ट्रपतिसमक्ष निमन्त्रणापत्र पनि प्रदान गरेको छ ।

भेटघाटमा एनएफपीजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री ९भगवती०, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रवीन कुलुङ राई, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायत अन्य केन्द्रीय सदस्यको पनि उपस्थिति थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७