‘युथ सेलिब्रेसन’मा आक्रमक सुनिता 

बालेनप्रति आक्रमक, ओलीको प्रशंसा,


२०८२ बैशाख १२ बिहीबार १४:०७ बजे

काठमाडौं  : महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल विहिबार आक्रमक रुपमा मञ्चमा प्रस्तुत भएकी छिन् । नेकपा (एमाले)ले लोकतन्त्र दिवसमा गरेको आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित टिप्पणी गर्दै आक्रमक रुपमा प्रस्तुत भइन् । उपप्रमुख डंगोलले प्रधानमन्त्री केपी ओलीको भने प्रशंसा गरिन् । 

अधिकांस समय महानगरपालिकाका मेयर शाह लक्षित टिप्पणी गर्दै स्टन्टले देश नबन्ने जिकिर गरिन् । उनले भनिन्, ‘अहिले हामी देख्छौं, धेरै जना स्टन्ट गर्नुहुन्छ । बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ । अनि पपुलर बनेर मात्रै देश बन्छ जस्तो पनि गर्नुहुन्छ । तर, स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्दैन । स्टन्ट गरेर देश बन्छ ?देश बनाउने हो भने स्टन्ट गर्ने होइन, काम गर्ने युवा बनौं ।’

डंगोलले आफूमाथि चौतर्फी आक्रमण बताइन् । उनले भनिन्, ‘अहिलको समयमा चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौँ । जतिसुकै आक्रमण भए पनि विचलित हुने छैनौँ । राष्ट्र निर्माणका लागि एकजुट भएर निरन्तर अघि बढिरहेनै छौँ, हामी थाक्ने छैनौँ, रोकिने छैनौँ ।’ पछिल्लो समयमा डंगोलले आफूलाई महानगरपालिकाका मेयर बालेन शाह समर्थकले आक्रमण गरेको दाबी गर्दै आएकी छिन् ।

आत्म प्रशंसा,

उनले आफू उपमेयरमा निर्वाचित भएपछि इमान्दारितापूर्वक काम गरेकाले प्रशंसा हुन थालेको पनि बताइन् । ‘मैले एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भएँ । कुनै पनि दिन, बार, समय नभनी आफ्नो जिम्मेवारी, कर्तव्यमा निष्ठावान भएर, सदैव इमान्दार भएर जनताप्रति काम गरिरहेँ । जनताको माझ नै उभिएर काम गरेँ । बफादार भएर काम गरेँ । त्यसकारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो ।’ 

उनले आफू ‘योङ ग्लोबल लिडर’ को रूपमा चयन भएको पनि बताइन्। यसबाट नेपाली युवाले काम गर्न सक्छ र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि ठाउँ बनाउन सक्छ भन्ने देखिएको उनको भनाइ थियो। ‘यो कुराले पनि धेरैलाई पोल्यो, सुन्न सकेन, त्यसपछि जथाभावी आक्रमण प्रयास भएको छ,’ उनले भनिन्, ‘सत्य बोल्न, साँचो काम गर्न, जनतासँग बफादार हुन कदापि पछि हट्ने छैन। आक्रमण भइरहँला तर जित त्यसैको हुन्छ जसले हार मान्दैन। जसले सत्यको बाटो सधैं पछ्याइरहन्छ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७