प्रमुख प्रतिपक्षी दलहरुद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
काठमाडौं । आन्दोलनरत शिक्षक र आवासीय चिकित्सकको माग सम्बोधन गर्न विपक्षी दलहरूले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन्। शिक्षक र चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार भएको भन्दै संसदमा छलफलका लागि सांसदहरूले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका हुन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक रहेको उक्त प्रस्तावमा रास्वपाका सन्तोष परियार, आजपाका प्रभु साह, एकीकृत समाजवादीका शेरबहादुर कुँवर र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले समर्थन जनाएका छन् ।
सरकार र शिक्षक महासंघबिच भएका सम्झौताहरु कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयहरूलाई गुणस्तरीय बनाउन, लाखौं विद्यार्थीहरूको पठनपाठन सञ्चालन गराउन, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन तथा स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन उक्त प्रस्ताव पेस गरिएको बताइएको छ ।