पाँच दिनदेखि बेपत्ता श्रीमान–श्रीमती जंगलमा मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरमा पाँच दिनदेखि बेपत्ता श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक वनमा उनीहरु मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी श्रीमती ६६ वर्षीया गंगादेवी भुल मृत भेटिएका हुन् ।
उनीहरु यही वैशाख ११ गतेदेखि बेपत्ता थिए । पारिवारिक विवादपछि उनीहरु घरबाट ससुराली जान भनि हिँडेका थिए। तर उनीहरु ससुराली पनि नपुगेपछि दोस्रो दिन आफन्तले इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा निवेदन दिएका थिए । सोमबार साँझ सामुदायिक वनको बीचमा दुवै जना दोपट्टाले अलग–अलग रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी जोशीको भनाइ छ ।