अमरेश सिंहको आरोप : कांग्रेस–एमालेले देशको बजेट सत्यानाश गर्ने कसम खाएका छन्

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेले सबै निर्माण व्यवसायीलाई पार्टीमा भित्र्याएर देशको सार्वजनिक बजेट सत्यानाश गर्छु भनेर कसम खाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै गणतन्त्रकै एउटै देन लुटतन्त्र भएको टिप्पणी गरे । उनले भने, ‘पार्टी र सरकारको आवरणमा देशलाई अस्तव्यस्त नबनाऔं । काठमाडौं आएको पर्यटक लुम्बिनी जान खोज्यो भने कसरी जाने ? सडक नबनेर भद्रगोल छ । दुर्घटनाको जोखिम छ, जुनसुकै सडक होस्। सडक बने पनि गुणस्तरीय छैन ।’ उनले काम नगर्ने निर्माण व्यवसायीहरूलाई सरकारले पटक पटक म्याद थप गरेकोप्रति पनि आपत्ति जनाए ।