बर्खास्त भएपछि उर्जा राज्यमन्त्री तामाङले भने–आज राति सपना त्यति राम्रो थिएन

‘अब सरकार ढाल्नतिर लाग्ने हो’


२०८२ बैशाख ११ बुधबार २२:४७ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नु हुँदैन भन्ने पक्षमा देखिएका उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) नै बर्खास्तीमा परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पदबाट बर्खास्त गरेको स्रोतले बतायो ।

विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई हटाउने विषयमा तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट देखिएको थियो । उनलाई किन बर्खास्त गरिएको भन्ने खुलेको छैन। बर्खास्तमा परेपछि तामाङले आज राति आफूले सपना राम्रो नदेखेको प्रतिक्रिया दिएका छन् । उनले गए राति सपना नराम्रो देखेपछि मन्त्रालय नै नगएको बताए । ‘आज म मन्त्रालय गइनँ । राति सपना त्यति राम्रो थिएन त्यही भएर गइनँ । उनले भने, ‘केहीबेर अघि प्रधानमन्त्रीले हटाउनु हुने भयो राजीनामा दिनु भनेर गृहमन्त्रीले फोन गर्नु भएको थियो । मैले दिन्न भनें ।’

उनले आफूले राजीनामा दिन आफ्नै पार्टी नेपाली कांग्रेसले निर्देशन दिनुपर्ने बताएका छन् ।  ‘पार्टीले फिर्ता बोलाउनु प¥यो नि, प्रधानमन्त्रीले बोलाउने हो र ?’ उनले प्रधानमन्त्री तथा सत्तामा भएकाहरूले जनजातिलाई देखिनसकेको आरोप पनि लगाए । ‘मलाई हटाउनुको दुई–तीन कारण छन् नि । एउटा त जनजातिलाई देखिसहेनन् । अर्को कुलमानलाई हटाएको विषयमा अलिअलि बोलिदिएको थिएँ,’ उनले भने, ‘अर्को कुनै आयोजनाको डीपीआर बनाउन एमालेले भनेअनुसारको बजेट राखेर गर्ने निर्देशन आयो मैले डीपीआरको खर्च कसले बेहोर्छ भनेर सोधेको थिएँ उनीहरूलाई चित्त बुझेन ।’ उनले अब सरकार ढाल्नतिर लाग्ने घोषणा समेत गरे । उनले भने, ‘जनजातिलाई देखिनसहने सरकार किन राख्ने ?’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७