गणतन्त्र राजनीतिक दल र जनसंघर्षको प्रतिफल : अध्यक्ष प्रचण्ड


१३:२६ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त संघर्षको प्रतिफल भएको बताएका छन् । पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै यस्तो बताएका हुन् । 

‘गणतन्त्र सबैको साझा उपलब्धि हो, यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ’, अध्यक्ष दाहालले भने, ‘राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो, गणतन्त्र प्रचण्डको हो भनेर प्रचार गर्छन् । यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सकिन्छ कि भन्ने हो, यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।’

मुलुकलाई संघीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालको भनाइ थियो। वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मुलुकमा गणतन्त्र ल्याउन लडेका युवा यसको रक्षा गर्न पनि अग्रपंक्तिमा उभिने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७