शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी


११:३८ बजे
फाइल फोटो

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

यसअघि आईसीटीमा अभियोजन पक्षले जुलाई–अगस्टमा भएको मानवताविरुद्धको अपराधमा हसिनाविरुद्ध औपचारिक आरोपपत्र दायर गरेको थियो । आईसीटीमा हसिनाविरुद्ध पाँच वटा आरोपपत्र दायर छन् । जसमा हसिनालाई मानवताविरुद्धको अपराधको आदेश दिने व्यक्ति भनिएको छ । 

बीबीसी बंगला सेवाका अनुसार, आरोपपत्रमा धेरै तथ्य, तथ्यांक, कागजात, भिडिओ र अडिओ कलको विवरण उद्धृत गरिएको छ । साथै ८१ जनालाई साक्षीका रूपमा बोलाइएको छ । यस मुद्दामा बंगलादेशका पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनविरुद्ध पनि आरोप लगाइएको छ । 

असदुज्जमान खानविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । चौधरी अब्दुल्लाह अल–मामुन भने पक्राउ परेका छन् । सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि १६ वर्षदेखिको सत्ता छाड्दै बंगलादेशबाट भागेकी ७७ वर्षीया हसिना गत वर्ष अगस्ट ५ देखि भारतको शरणमा छिन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७