कोटेश्वर, बल्खु र सिफल क्षेत्र बाहेक निषेधाज्ञा


११:४२ बजे

काठमाडौं । राजावादीहरुको आन्दोलन चर्किन थालेपछि काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्र बाहेक निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन स्थानलाई निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्र निषेधित क्षेत्रमा परेका छन्। बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।

यसअघि शुक्रबार काठमाडौँ प्रशासनले नारायणहिटी दरबार आसपासलाई निषेधित क्षेत्रमा थपेको थियो।  प्रशासनले केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहलाय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्म निषेधित क्षेत्र  तोकिएको थियो। 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७