पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहा नगरे राप्रपाले थप आन्दोलन गर्ने


११:४४ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र नतोकिएको स्थानमा प्रदर्शन गर्दा हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पक्राउ परेका सबैलाई विना शर्त रिहा गर्न माग गरेको छ ।

सांसद दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रैबाट नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी प्रयास भन्दै राप्रपा बैठकले भत्र्सना गरेको छ ।

‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य सातजनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा छ,’ राप्रपाले भनेको छ । थापा र सिंहसहित गिरफ्तार भएका सबैलाई अविलम्ब विनाशर्त रिहा नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने राप्रपाले जनाएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७