राजावादीद्वारा भोलि काठमाडौं उपत्यका बन्दको घोषणा


११:४२ बजे

काठमाडौं । आन्दोलनरत राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन्। राजावादीहरुले व्यवस्था उल्टाउने भन्दै आन्दोलन गर्दै आएका छन्।

आज काठमाडौं नारायण चौरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहलगायत सात जनालाई पक्राउ गरेको छ। राप्रपाले आफ्ना–नेता कार्यकर्तालाई तत्काल बिना शर्त छाड्न आग्रह गरेको छ। पक्राउ परेका सबैलाई नछाडिने भोलि थप आन्दोलन चर्काउने चेतावनी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७