४० अर्ब बजेट नभए स्वास्थ्य बिमालाई निरन्तरता दिन सकिंदैन : स्वास्थ्यमन्त्री पौडेल


२०८२ बैशाख १७ मंगलबार ०१:०५ बजे
फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब विनियोजन गर्न आवश्यक रहेको बताएका छन् । अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले गत आर्थिक वर्षमा साढे सात अर्ब रुपैयाँ मात्र बजेट छुट्याइएपनि त्यो पर्याप्त नभएको बताए । 

उनकाअनुसार त्यति बेला अस्पतालहरूले बिमा बोर्डबाट पाउनुपर्ने बक्यौता मात्रै १६ अर्ब रुपैयाँ रहेको थियो । उनले बक्यौता तिर्ने गरी बजेट विनियोजन नहुने हो भने  बिमा कसरी चल्छ ? भन्दै प्रश्न गरे । उनले चालु आर्थिक वर्षमा महिनाको औसत खर्च २ अर्ब रुपैयाँको दरले १२ महिनाको २४ अर्ब खर्च हुने अनुमान रहेको बताए । गत वर्षको बाँकी १३ अर्ब रुपैयाँ बक्यौता समेत समावेश गर्दा कुल ३७ अर्ब पुग्ने उल्लेख गर्दै मन्त्री पौडेलले बिमा बोर्डको सञ्चालन खर्च पनि जोडेर कुल ४० अर्ब रुपैयाँ आवश्यक पर्ने स्पष्ट पारे । 

उनले भने, ‘गत आर्थिक वर्षमा निवर्तमान अर्थमन्त्री ज्यूले गत आर्थिक वर्ष २०८०–८१ का लागि बिमा कार्यक्रमका लागि साढे सात अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । उनले जुन बेला यो बोली बोल्नु भयो त्यो बेला बिमा बोर्डले अस्पताललाई तिर्नुपर्ने बक्यौता १६ अर्ब थियो । अब बक्यौता तिर्ने गरी पनि बजेट विनियोजन नहुने हो भने यो बिमा कसरी चल्छ ? गत आर्थिक वर्षको बजेट र चालु आर्थिक वर्षको लागत तिर्ने गरी यो वर्ष बजेटमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न जरुरी छ । एक महिनाको खर्च दुई अर्ब आउँछ भन्ने हिसाब । त्यस आधारमा १२ महिनाको २४ अर्ब आउँछ । गएको आर्थिक वर्षको बक्यौता १३ अर्ब छ । त्यो समेत लगाउँदा ३७ अर्ब भयो । बिमा बोर्ड पनि चल्नुपर्ने होला नि । त्यसकारण ४० अर्बको हाराहारीमा बजेट छुटाउन जरुरी छ । त्यसकारण मैले प्रष्टसँग भनेको छु । ४० अर्ब बजेट विनियोजन गरिए मात्र अहिलेको प्रणालीको बिमा चल्छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७