शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु


२०८२ बैशाख १७ मंगलबार ०१:०९ बजे
फाइल फोटो

काठमाडौं ।  शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि शिक्षक नेता शिक्षा मन्त्रालय पुगेका हुन् । महासंघको टोलीमा अध्यक्ष, उपाध्यक्षसहित चार जना सहभागी छन् ।

सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई मन्त्रालयका सचिवले साथ दिएका छन्। महासंघले लामो समयदेखि मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको चेतावनी दिँदै आएको छ। वार्ताबाट सहमति जुट्ने अपेक्षा गरिए पनि निष्कर्ष भने प्रतीक्षारत छ । सोमबारको वार्ता सकारात्मक भए पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेको थिएन । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७