बढुवा भएका ६ एआइजीको तोकियो जिम्मेवारी : सीआइबीमा खापुङ, मानव स्रोत विभागमा कार्की


२०८२ बैशाख १७ मंगलबार ०२:०८ बजे

काठमाडौं । मन्त्रिपरिषदको सोमबारको बैठकले बढुवा गरेका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी तोकिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ वैशाखदेखि नै लागू हुनेगरी डीआईजी चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई एआईजीमा बढुवा गरेको थियो ।

बढुवा भएका एआईजीहरूलाई गृह मन्त्रालयले मंगलबार पदस्थापन गरेको हो । चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पदस्थापन गरिएको छ । यस्तै, लालमणि आचार्य नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा, कृष्णहरि शर्मा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा पदस्थापन भएका छन् ।

अर्का एआईजी दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा, एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रभाव कार्यालय अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । यस्तै एआईजी मनोजकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालमा पदस्थापन भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७