बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला


२०८२ बैशाख १७ मंगलबार १५:१५ बजे

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–४, नउलापुरमा खेतमा गाडेको अवस्थामा करिब ९ वर्षका बालकको शव फेला परेको छ। बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाका छोरा भएको पुष्टि भएको बताए । कुशलको शवलाई सानो खाल्डो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको हो ।

कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि हराइरहेको भन्दै आमा यशोदले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् । प्रहरीका अनुसार, कुशलका बुबाको मृत्य भइसकेको र आमाले दोस्रो बिहे गरेकी थिइन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७