संसदमा विपक्षी दलको आरोप : सरकार गैरजिम्मेवार बन्यो


२०८२ बैशाख १७ मंगलबार १५:४२ बजे

काठमाडौं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलबारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका हुन् ।

सोमबार दर्ता गराएको पाण्डे प्रस्तावक रहेको प्रस्ताववको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहेका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसदप्रति जबाफदेही हुनुपर्ने बताएका छन् ।

त्यसबारे उनले भने, ‘हामीले सभामुखसँग कुरा गर्दा सरकारको तर्फबाट मन्त्रीज्यूहरूले समय दिन नसक्ने भएपछि नराखेको भन्ने जवाफ पायौं । लाग्यो संसदप्रति सरकार कति गैरजिम्मेवार छ । आम जनताको समस्याप्रति र एकातर्फ सडक संघर्ष भइरहेको छ । तर सरकार गैरजिम्मेवार बन्दै गइरहेको छ ।’ उनले विद्यार्थीलाई पढ्न र रोकिएका परीक्षा सञ्चालन गर्ने माहौल बनाउन सरकारसँग माग गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७