राष्ट्रिय गौरवका आयोजनाको संख्या घटाउनु पर्छ : रक्षामन्त्री राई


२०८२ बैशाख १७ मंगलबार १५:०३ बजे

काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनर्विचार गर्न जरुरी रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले अध्ययन गेर राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताएका छन्। ‘राष्ट्रिय गौरवका आयोजनाहरुमा मेरो पनि मत छ– यसलाई पुनर्विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर हामीले घटाउनुपर्छ भने पनि घटाऔं,’ उनले भने, ‘थुप्रै घोषणा गर्ने, काम चाहिँ हुँदै नहुने । हाम्रो आर्थिक अवस्थाले धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्नु ? सक्ने मात्र गरौं भन्ने मेरो पनि मत छ ।’ उनले यो कुरा मन्त्रिपरिषदमा पनि राखेको उनले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने भए मात्र तर धेरै घोषणा गरेर लथालिंग राख्न नहुने उनले बताए । ‘हामीले गर्न सकिने मात्र गर्न पाए हुन्थ्यो भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि त्यो आफ्नो मत छ । मैले बारबार भनिरहेको छु,’ उनले भने । बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको पुनःसूचीकरण गर्नुपर्ने मत राखेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७