विपक्षी दललाई एमालेको जवाफ : सरकार शिक्षक महासंघप्रति अनुुदार छैन

काठमाडौं । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदनप्रति सरकार जिम्मेवार रहेको बताएका छन् । विपक्षी दलहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भए पनि कार्यसूचीमा नपरेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद्प्रति जबाफदेही नभएका आरोप लगाएका थिए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै त्यसको जवाफमा बर्तौलाले सदनमा उठिरहेको विषय समाधान गर्नको लागि सरकार लागिरहेको बताए । उनले भने, ‘यो विषयमा सरकार अनुदार बनेको छैन । आज बेलुकासम्म समस्या समाधान भएर शिक्षकहरू विद्यालय फर्किदा हामी सबैलाई सहज गर्छ । अहिले वार्ता भइरहेको छ ।’