गृहका ६ जनाको सरुवा, तीन जिल्लाका सीडीओ फेरिए


२०८२ बैशाख १७ मंगलबार १५:३४ बजे

काठमाडौं । गृह मन्त्रालयले तीन वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार तनहुँ, रामेछाप र दैलेखका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको हो ।

तनहुँमा रहेका सीडीओ सहसचिव श्यामकृष्ण अधिकारीको रामेछापमा सरूवा भएको छ । गृह मन्त्रालयमा रहेका रामकृष्ण अधिकारीलाई तनहुँमा पठाइएको छ भने मन्त्रालयमै रहेका बद्रिनाथ गैरेलाई दैलेखमा सरूवा गरिएको छ ।

त्‍यस्तै बन्धुप्रसाद बास्तोला मन्त्रालयबाट विपद व्यवस्थापन प्राधिकरणमा सरूवा गरेको हो । उपसचिव नवराज जैसीको दैलेखबाट मन्त्रालयमा सरूवा भएका छन् । त्यस्तै रामेछापमा रहेका राजुप्रसाद अर्याललाई पनि मन्त्रालयमा सरूवा गरेको हो ।  यसै गरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृहमा तानिएको छ । गृहबाट बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७