शेष घलेविरुद्ध पनि अवहेलना मुद्दा, न्यायाधीश रेग्मीको इजलासमा पेसी


२०८२ बैशाख १७ मंगलबार १६:१० बजे

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ । बद्री केसी नेतृत्वको एनआरएनए उपाध्यक्ष रोजिना राईसहित तीन जनाले घलेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका हुन् । उक्त मुद्दाको पेसी मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । सर्वोच्च अदालतले गत साउनमा दिएको फैसलाविपरीत गतिविधि गरेर अदालतको अवहेलना गरेको जिकिर रिट निवेदकको छ । 

एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्च अदालतले २०८० चैतमा एकताको महाधिवेशन गर्न सर्वोच्चले परमादेश दिएको थियो । सोही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम गर्न रोक लगाएपछि उनी अदालत पुगेका थिए । सो मुद्दामा सर्वोच्चले साउनमा फैसला गर्दै कामकाज गर्ने बाटो खुला गरिदिएको थियो ।

त्यसपछि केसीले आफू आधिकारिक रहेको जिकिर गर्दै आए पनि घलेले एकता महाधिवेशनको प्रक्रिया अघि बढाएका छन् । जसअनुसार घलेले एकताको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा तय गरेपछि थप दुई वटा मुद्दा पनि अदालतमा विचाराधीन छ । उक्त मुद्दाको पनि आजै न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । जुन मुद्दामा एक मुद्दा एकताको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने भन्ने रहेको छ भने अर्को चाहिँ सार्न माग गर्दै दायर भएको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७