सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रण


१०:५४ बजे

सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरीबाट ७८३ किलो गाँजासहितको ट्रक र दुुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो।

धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको थियो । सो ट्रक खानतलासीको क्रममा ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।

सशस्त्र प्रहरीले ट्रक चालक सुनसरीका ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटाका १८ वर्षीय आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद व्यवस्थापन बेस धनकुटाले ४२१ किलो गाँजासहित कार नियन्त्रणमा लिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७