विद्यालय कर्मचारी परिषदले गर्‍यो आन्दोलन घोषणा


२२:३३ बजे

काठमाडौं । काठमाडौंको सडकमा २९ दिनसम्म सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषदले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् ।

नेपाल शिक्षक महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको अध्यक्ष गंगाराम तिवारीले बताएका छन् । अबको आन्दोलन शिक्षक महासंघविरुद्ध रहने भन्दै परिषदले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने उनले बताए । अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने परिषदले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७