मन्त्रिपरिषद बैठक र राज्यमन्त्रीको शपथ ग्रहण अचानक स्थगित


००:१३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) का लागि बोलाएको मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ। सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद बैठकसँगै नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको छ । शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । 

गएको बुधबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए । प्रधानन्त्रीको सचिवालयले आज अब मन्त्रिपरिषद् बैठक नहुने जनाएको छ । राज्यमन्त्रीको शपथ हुने नहुने खुलाइएको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७