थाकेको, हारेको, कल्पनाशीलता गुमाएको याे सरकारले नयाँ केहि घोषणा गर्न सकेन : रास्वपा


०७:२८ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै नयाँपन नल्याएको टिप्पणी गरेका छन्। संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रमले खासै केही नयाँपन देखिएन । यो अत्यन्तै सरकार थाकेर, हारेर कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन,’ उनले भने । पछिल्लो केही दशकदेखि सुनेका कार्यक्रमको निरन्तरता अहिले पनि देखिएको उनले बताए । ‘०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भए पनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो । तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन,’ उनले भने । 

‘०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो,’ उनले भने, ‘तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’ सरकारले गरेकारले नीति तथा कार्यक्रमको आकार घटाएर राष्ट्रपतिको स्वास्थ्यमा भने ध्यान दिएको खनालको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७