संसदका दुबै सदनको वैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकबाट केपी ओली नेतृत्वको सरकारले गत बैशाख १९ प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।
जसका लागि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने आजैबाट सो नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेको संसोधन र नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। यस्तै संघीय संसदअन्तर्गत राष्ट्रियसभाको पनि बैठक बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा आज र भोलि छलफल हुनेछ ।