‘पुुष्पकमल’ प्रतिगामीले दिएको नाम, ‘प्रचण्ड’ मात्र भनौं : सुरेश आलेमगर


०६:२१ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक सुरेश आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीका कार्यक्रमहरूमा ‘प्रचण्ड’ नामले मात्र सम्बोधन गर्न आग्रह गरेका छन् । उनले ‘श्रद्धेय’ शब्दलाई सामन्ती र ‘पुष्पकमल दाहाल’ नाम प्रतिगामीहरूले दिएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता आलेमगरले भने, ‘मैले अघि आदरणीय कमरेड प्रचण्ड भनें । श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ । किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती यी सबै सामन्ती शब्द हुन् ।’

उनले सम्मान प्रकट गर्न ‘आदरणीय’ वा ‘अति सम्माननीय’ जस्ता शब्द प्रयोग गर्न सकिने बताएका छन् । नेता आलेमगरले ‘पुष्पकमल दाहाल’ नाम प्रतिगामीहरूले दिएको र उनीहरूले नै रुचाउने नाम भएको दाबी गर्दै आफूहरू जस्ता उत्पीडित जनतालाई ‘प्रचण्ड’ नाम नै प्यारो र गर्विलो लाग्ने बताए । ‘हामीले रुचाउने नाम हो, प्रचण्ड’, उनले भने, ‘मेरो एउटा सानो प्रस्ताव छ–अन्यत्र पुष्पकमल दाहाल भन्नै पर्ने हुन्छ होला, हाम्रो कार्यक्रममा पुष्पकमल दाहाल नभनौं, प्रचण्ड भनौं ।’ उनले यस्तो प्रस्ताव गर्दा सम्मेलनको हल ताली र सिठीसहितको होहल्लाले गुञ्जिएको थियो । सो समयमा मञ्चमा रहेका अध्यक्ष दाहादले आफ्नो चस्मा मिलाउँदै मुस्कुराउँदै गरेको देखिन्थ्यो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७