ओली र देउवालाई भेट्नुअघि माधव नेपालसँग प्रचण्डको भेटवार्ता


१२:३० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सोमबार (आज) अपराह्न सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । प्रचण्ड–नेपालबीच बजेट, आगामी संसद् बैठक, गृहमन्त्री रमेश लेखक मुछिएको भनिएको प्रकरणलगायतका विषयमा कुराकानी भएको छ । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादी नेता प्रमेश हमाल समेत सहभागी थिए ।

आजै प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफलको तयारी छ । संघीय संसदको अवरोधलगायतका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुने भएको छ । ओली–देउवासँगको भेट अगाडि प्रचण्डले नेकपा एसका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ ४ बजेट भेटवार्ता हुने कार्यक्रम छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेको अवस्थामा शीर्ष तीन नेताबीच भेटवार्ता हुन लागेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७