प्रधानमन्त्री कार्यालयले पठायो गण्डकी सरकारलाई ‘राइड शेयरिङ’ नियमावली स्थगनको पत्र


१५:३९ बजे

 काठमाडौं । प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई ‘राइड शेयरिङ’ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न आज (मंगलबार) पत्र पठाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘यातायातसम्बन्धी महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलगायत प्रदेश सरकारहरुलाई नियमावलीमा उल्लेखित राइड शेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ।’

पत्र प्राप्त भएपछि धारणा बनाउन प्रदेश सरकार छलफलमा जुटेको छ । प्रदेश सरकारको बैठकपश्चात् धारणा सार्वजनिक गर्ने तयारी छ। केन्द्र सरकारबाट पठाएको पत्र गण्डकी प्रदेशमा मंगलबार साँझ सवा ५ बजे पुगेको मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले जानकारी दिए । प्रदेश सरकारले राइड शेयरिङसम्बन्धी नियमावली बनाएर कार्यान्वयनको सुरसार गरेपछि यातायात व्यवसायी आक्रोशित भएका थिए।

उनीहरुले देशैभर सार्वजनिक यातायातका साधन सञ्चालन ठप्प बनाएका छन्। काठमाडौं उपत्यकामा समेत दुई दिनयता सार्वजनिक यातायात ठप्प प्रायः बनेको छ। त्यसपछि संघीय सरकारले व्यवसायीलाई वार्तामा बोलाएको थियो । सोमबार गृह मन्त्रालय र भौतिक विकास तथा यातायात मन्त्रालयमा भएको वार्तापछि राति नियमावली स्थगन गर्न संघ सरकारले प्रदेशलाई पत्र पठाउने सहमति जुटेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७