‘डज’ छाडे लगतै ट्रम्पको आलोचनामा उत्रिए मस्क


०५:२३ बजे
फाइल फोटो

काठमाडौं । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई ‘घृणित’ टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

यो कानुन मे महिनामा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएको थियो । यो कानुनमा धेरै ट्रिलियन डलर बराबरको कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिने बुँदा समावेश छन् । यसका पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्ने मस्कले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका छन् । सरकारी दक्षता विभाग (डीओजीई)मा १२९ दिन काम गरेपछि अर्बपति मस्कले गत हप्ता प्रशासन छोडेका थिए । 

सरकार छोडेपछि मस्कले ट्रम्पप्रति गरेको यो पहिलो टिप्पणी हो । यो विधेयकलाई यसअघि मस्कले ‘निराशाजनक’ भनेका थिए । मंगलबार एक्समा मस्कले भने, ‘यसले पहिले नै अमेरिकी बजेट घाटा ४२.५ ट्रिलियनमा थप्नेछ ।  र, अमेरिकी नागरिकमा दिगो ऋणको बोझ थप्नेछ ।’ बीबीसी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७