‘म झोले हुँ’ अभियानको खिसिट्युरी गर्नेलाई महासचिव पोखरेलको सात जवाफ


०८:४७ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको ‘म झोले हुँ’ अभियानको खिसिट्युरी र विरोध गर्नेहरूलाई सात बुँदामा जवाफ दिएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई जवाफ दिएको हुन् ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि एमालेको झोला गौरवका साथ बोक्न पनि आग्रह गरेका छन् । प्रतिक्रियावादीहरुले एमालेको विरुद्धमा सिर्जना गरेका सबै भ्रमहरूबाट मुक्त हुन पनि आग्रह गरेका छन् । 

यस्तो छ उनको जवाफ 

नेकपा (एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि 

१) माक्र्सवादी दर्शन ः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ।
२) माक्र्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त ।
३) जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता ।
४) नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति ।
५) जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता ।
६) जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा ।
७) प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र ।
आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा (एमाले) को झोला गौरवका साथ बोकौँ । प्रतिक्रियावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिक्रियावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौं ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७