आज पनि बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य वृद्धि भएको छ । सुन आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार २०० सय रुपैयाँ पुगेको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । एक तोला चाँदीको मूल्य २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।